

काठमाडौं – बीएण्डबी अस्पतालको स्किन एण्ड एस्थेटिक्स क्लिनिकले हरितालिका तीजलाई लक्षित गर्दै विभिन्न छाला तथा सौन्दर्य उपचार सेवामा ४० प्रतिशत छुट दिने भएको छ।
अस्पतालले ‘तीज स्पेसल ग्लो, ग्रेस एण्ड गार्जियस यू’ अभियानअन्तर्गत चयनित स्किन तथा एस्थेटिक्स उपचार सेवामा विशेष छुट उपलब्ध गराउने जनाएको हो।
यो अफरअन्तर्गत हाइड्रा फेसियल, माइक्रो निडलिङ, हेयर पीआरपी, केमिकल पिल्स तथा माइक्रो निडलिङसँगै पीआरपी (भ्याम्पायर फेसियल) सेवामा ४० प्रतिशत छुट दिइनेछ।
उक्त विशेष छुट योजना साउन २९ गतेदेखि भदौ २९ गतेसम्म अर्थात् अगस्ट १४ देखि सेप्टेम्बर १४ सम्म लागू हुने अस्पतालले जनाएको छ।
तीजको अवसरमा आफूलाई विशेष महसुस गराउन तथा छालाको हेरचाह गर्न चाहने सेवाग्राहीलाई लक्षित गर्दै यो योजना ल्याइएको अस्पतालले जनाएको छ।
सेवा लिन इच्छुकले अग्रिम बुकिङका लागि ९८०१९१०३५० नम्बरमा सम्पर्क गर्न सक्नेछन्।



