
काठमाडौं – ह्याम्स अस्पतालले अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा नर्सहरूको अथक मेहनत, समर्पण र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान व्यक्त गरिएको थियो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने नर्सहरूलाई सम्मानसमेत गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले बिरामीको उपचार तथा हेरचाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सेवाभाव र जिम्मेवारीले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाएको बताएको छ ।
कार्यक्रममा सहभागीहरूले नर्सहरूको पेशागत सम्मान, सुरक्षित कार्य वातावरण तथा क्षमता विकासमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए । अन्तर्राष्ट्रिय नर्स दिवस प्रत्येक वर्ष मे १२ मा विश्वभर मनाइने गरिन्छ ।


