काठमाडौं। नेपालका नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको समाज ‘सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल’मा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार भएको निर्वाचनबाट अध्यक्षमा डा रविन्द्र प्रधानाङ्ग उपाध्यक्षमा डा योगेश न्यौपाने र महासचिवमा डा दिपेश शाक्य चयन भएका छन्।

त्यसैगरी सह सचिवमा डा जिज्ञासा थापा, कोषाध्यक्षमा डा रविभुषण सुवाल, सहकोषाध्यक्षमा डा अरुण अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा डा सञ्जय कोइराला, डा कृपा डंगोल, डा विपिन कोइराला, डा सञ्जय पौडेल र डा राजिव कुमरा महासेठ निर्वाचित भएका छन् ।
Last Modified Date: २०८१ फाल्गुन ४, आईतवार







