काठमाडाैं- ताइवानी अभिनेत्री बार्बी ह्सुकाे निमोनियाबाट निधन भएको छ । ४८ वर्षकी बार्बी ह्सुको परिवारले सोमबार यस दुखद खबरको पुष्टि गरेको हो । उनी चिनियाँ नयाँ वर्षको अवसरमा आफ्नो परिवारसँग जापान घुम्न गएकी थिइन् । तर त्यहाँ पुगेपछि फ्लु भयाे, जसले निमोनिया भयाे ।
बार्बी ह्सु सन् २००१ को लोकप्रिय टिभी नाटक ‘मेटियर गार्डेन’ मा अभिनय गरेर प्रख्यात भएकी थिइन् । उनकी बहिनी डी ह्सुले आफ्नो भावना प्रकट गर्दै भनेकी छिन्, ‘मेरो प्रिय र सबैभन्दा दयालु दिदी बार्बी ह्सुले निमोनियाबाट पीडित भएर हामीलाई छाडेकी छन् । म यस जीवनमा उनको बहिनी हुन पाएकोमा कृतज्ञ छु, हामीले एकअर्कालाई हुर्काएका थियौं, संगत गरेका थियौं। म सधैँ उनको मायाका लागि कृतज्ञ रहनेछु, उनलाई सधैँ सम्झिरहनेछु ।’

अभिनेत्री ह्सुले दक्षिण कोरियाली गायक तथा डीजे कू जुन–युपसँग बिहे गरेकी थिइन् । उनका दुई सन्तान (एक छोरा र एक छोरी) छन् ।








