काठमाडौं- त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको नयाँ कार्यकारी निर्देशकका लागि प्रारम्भीक छनोटमा चार जना परेका छन् ।

छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो ।

कार्यकारी निर्देशक नियक्तिका लागि गठित छनोट समितिले चार जनालाई माघ २३ गते अन्तर्वार्ताका लागि बोलाएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेको समयावधि सकिएपछि उक्त पद रिक्त छ।
Last Modified Date: २०८१ माघ १९, शनिबार







