

काठमाडौं- परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्किँदै छिन् । स्वास्थ्य परीक्षणका लागि भारतमा रहेकी मन्त्री राणा आज स्वदेश फिर्ता हुन लागेकी हुन्।
युरोपबाटै उनी ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन् । उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जानकारी दिएको छ ।
नयाँ दिल्लीको म्याक्स हस्पिटलमा १४ चैत २०७४ मा आरजुको हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया गरिएको थियो । त्यसैले दिल्ली आउँदा आरजुले स्वास्थ्य जाँच गराउने गरेको उनी निकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणबाट फर्किएलगत्तै आरजु नेदरल्याण्ड्सको हेग गएकी थिइन् । त्यहाँ उनी जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरुको दायित्वबारे ९० देशको कार्यक्रममा सहभागी भएकी थिइन् ।
फर्किँदा उनी सिधै काठमाडौं नगइ दिल्ली गइन् । दिल्लीमा उनले शुक्रबार नेपाल भारत आर्थिक सम्मेलनलाई समेत सम्बोधन गरिन् ।



