

काठमाडाैं- महिलाको जीवनचक्रमा सबैभन्दा जटिल समय भनेको गर्भअवस्था हो । यो समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । योबेला अन्य समयको भन्दा खानपान तथा भिटामिनको मात्रा मिलाएर खानुपर्ने हुन्छ । यो समयमा सेवन गरिने विभिन्न किसिमका भिटामिनमध्ये सबैभन्दा उत्तम भिटामिन फोलिक एसिड हो ।
स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा रोजी शर्माका अनुसार सामान्य रुपमा फोलिक एसिडलाई सुपर भिटामिन भनिन्छ । महिलाले गर्भधारण गर्नुभन्दा पहिलादेखि नै यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसलाई भिटामिन ‘बी नाइन’ वा ‘फोलेट’ पनि भन्ने गरिन्छ ।
उनका अनुसार यसले “डिएनए” वा “आरएनए” जस्ता तत्वहरूमा नयाँ सेलको निर्माण तथा विकास गर्छ । फोलिक एसिड महिलाहरुले गर्भधारण गर्नुभन्दा ३ महिना अगाडिदेखि सेवन गर्नु र्छ । यो गर्भवती भएको थाहा पाउने बित्तिकै खानुपर्छ । यसले बच्चाहरूको इम्बीयो फमलाई विकास गर्छ ।
शर्मा भन्छिन्, ‘गर्भ अवस्थामा फोलिक एसिड सेवन नगर्दा आमालाई रगतको कमी हुन्छ । प्रेसर बढ्ने तथा मुटुको रोग देखिने गर्छ । बच्चा खेर जाने, बच्चा समयभन्दा पहिला जन्मिने तथा कम तौल भएको बच्चा जन्मिने आदी समस्या देखिने गर्छ ।’
त्यस्तै पूर्णरूपमा विकसित नभएको बच्चा जन्मिने जस्तैः आधा टाउको भएको, ब्रेनको पूर्ण रुपमा बिविकास नभएको आदी । बच्चाको पछाडिको भागमा मासुको डल्ला भएको तथा अटिजम भएको बच्चा पन िजन्मिने हुन्छ । यस्तै जन्मिसकेको बच्चामा प्यारालाइसिस हुने, कान नसुन्ने, आँखा नदेख्ने जस्ता समस्या पनि सिर्जना हुन सक्छ ।
डाक्टरका अनुसार यो गर्भधारण गर्नुभन्दा पहिला चार एमजी खानुपर्छ । गर्भधारण गरिसकेपछि चारदेखि आठ एमजी खानुपर्छ । र, बच्चा जन्मिसकेपछि पाँच एमजी खानुपर्छ । परीक्षण गरि आवश्यकता अनुसार हजार एमजीसम्म खान सकिने उनले बताइन् ।
यो सागसब्जी जस्तै पालुङ्गोको, ब्रो काउली, मोटरकोशा आदीमा पाइन्छ । फलफूल जस्तै सुन्तला, कागती, केरा, एबोकाडो, अनार आदीमा पनि पाइने उनी बताउँछिन् ।
उनका अनुसार फोलिक एसिड एक भिटामिन भएकाले महिलाले मात्र नभइ पुरुषले पनि खान मिल्छ । यसले पुरुषलाई एनिमिया तथा निःसन्तानपनबाट बचाउँछ । पुरुषको अण्डासयमा भएको शुक्रकिटको संख्या बढाउने तथा त्यसको गुणस्तर पनि बढाउने काम गर्छ ।



