
सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा सञ्चालनमा रहेको नसिब फार्मेसीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको संयुक्त टोलीले फार्मेसी सञ्चालक ५० वर्षीय नसिब नारायण चौधरी र उनकी २४ वर्षीया श्रीमती सम्झना चौधरीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, ट्रामाडोल लगायत नियमन बाहिरका प्रतिबन्धित औषधि बिक्री–वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा कारबाही गरिएको हो। खानतलासीको क्रममा सम्झना चौधरीले घरको छतबाट दुई बोरा झोलासहित फाल्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।
ती बोरा चेकजाँच गर्दा ट्रामाडोलका १९,८०० क्याप्सुल फेला परेका छन्। साथै, कोठाभित्रको टेबलमा रहेको ४,००० ट्याब्लेट पनि बरामद गरिएको छ।


