स्वास्थ्य डायरी

काठमाडौं : ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ‘वाटर बर्थ’ सर्भिस सुरुवात गरेको छ । अस्पालकी प्रिन्सिपल कन्सल्टेन्ट तथा प्रसुती तथा स्त्रीरोग विभागकी प्रमुख डा. निरा सिंह श्रेष्ठले नेपालमा पहिलो पटक मेडिसिटी अस्प्तालमा वाटर बर्थ सेवा सुरु गरिएको जानकारी गराएकी छिन् । ‘तपाईंहरुले सुुन्नुभएको होला, वाटर बर्थ भनेको एउटा ठूलो वाटर वर्थ पूल हुन्छ, जसमा चाहीँ प्रेगनेन्ट मदर लेवर पेन सुरु भएपछि त्यो वार्म वाटरमा गएर आफूलाई ढाडसम्म डिप गर्ने हो, यसले गर्दा पेसेन्टहरुलाई रिल्याक्स हुने, पेन नहुने हुन्छ । यो सर्भिस हामीले अस्पतालमा सुरु गरेका छौं, त्यो पनि नेपालमै पहिलो पटक हो ’ भिडिओ सन्देशमा उनले भनेकी छिन् । प्रसुती…

विस्तृतमा...

धादिङ : रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो । केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासि सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।

विस्तृतमा...

धनगढी : कैलालीकाे धनगढीस्थित मायामेट्रो अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । आज (मंगलबार) बिहान ५ बजेको समयमा अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएको हो । सुरक्षा स्रोतका अनुसार बझाङको थलारा गाउँपालिका ६ की ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मृत्यु भएको हो । पाठेघरको समस्या देखिएर १० गते अस्पताल भर्ना भएकी उनको अपरेसनपछि मृत्यु भएको बताइएको छ । उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । यस्तै अहिले अस्पताल तनाव भएपछि प्रहरी परिचालन गरिएको छ ।

विस्तृतमा...

वीरगञ्ज : गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताए । ‘अहिले अस्पतालमा ज्वरो र पेट दुख्ने समस्या लिएर अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या भने बढेको छ’, उनले भने, ‘सामान्य दिनमा आकस्मिक कक्षमा धेरै बिरामी आउँदैन्थे । तर, अहिले दैनिक ९० भन्दा धेरै जना ज्वरो तथा पेट दुख्ने समस्याका…

विस्तृतमा...

काठमाडाैं : अत्यधिक गर्मी बढेपछि तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसो तीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताए । डा दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत…

विस्तृतमा...

हुम्ला : हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टा पछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टिका बोहराले बताइन् । इञ्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै…

विस्तृतमा...

काठमाडाैं : योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ । कोषका अनुसार योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ८३ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ती अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १७, मधेश प्रदेशका १४, बागमती प्रदेशका ३२, गण्डकी प्रदेशका आठ र लुम्बिनी प्रदेशका सात वटा, सुदूरपश्चिममा दुई वटा गरी कोषको प्रणालीसँग जोडिएका ८३ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सकिने कोषले जनाएको छ  ।२०७९ फागुन १ यता देशभरका विभिन्न स्थानमा…

विस्तृतमा...

नवलपरासी : पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ  । जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो  । पहिलो पटक आयोजना गरेको निःशुल्क शिविरले महिलाको पाठेघरको समस्या र पाठेघरको मुखको क्यान्सर रोगका सम्बन्धमा पहिचान र रोकथाम गर्न सहयोग पुगेको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अशोककुमार श्रेष्ठले बताए । दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा ८५ जना महिलाले पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य जाँच गरेकाे प्रमुख श्रेष्ठले बताए  । शिविरमा पाठेघरको क्यान्सर परीक्षण गर्दा नौ जनामा स्वास्थ्य समस्या देखिएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ  । जसमध्ये दुई जनालाई शिविरमै थर्मो क्वागुलेसन…

विस्तृतमा...

काठमाडौं : काठमाडौंको हावा फेरि अवस्थकर देखिएको छ । वायु शुद्धता सूचकांकअनुसार काठमाडौं खराव हावाको सूचीमा पहिलो नम्बरमा परेको छ । वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ । सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ । वातावरण विभागले अद्यावधिक गरेको विवरणअनुसार काठमाडौंको वायु घातक देखिएको छ । देशभर डढेलोका घटना वृद्धि हुँदा हावा हानिकारक बन्न पुगेको हो । खराब वायुको सूचीमा चीनको बेइजिङ सहर दोस्रो नम्बरमा छ । बेइजिङको एक्युआइ १६४ रहेको छ । तेस्रो नम्बरमा थाइल्यान्ड रहेको छ । थाइल्यान्डको १६२ एक्युआइ छ भने भारतको कोलकाताको एक्युआइ १५१ रहेको छ ।

विस्तृतमा...

नयाँ दिल्ली :  भारतकाे दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । प्रत्यक्ष प्रसारणको क्रममा तातो हावाको लहरका कारण समाचार पढ्दै गर्दा उनी बेहोस भएकी हुन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक घटेकाे थियाे । ‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन् । लोपामुद्रा सिन्हाले भनिन्, ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’उनका अनुसार कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका…

विस्तृतमा...